जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा पुग्यो - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोगमा पुग्यो



काठमाडौँ- एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।

पछिल्ला केहि दिनमा नेपालमा राजनीतिक सरगर्मी निकै बढेको छ भने दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच आश्चर्यजनक रूपमा मध्यरातमा एकता भएको छ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दताृ गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत निर्वाचन आयोग पुगिसकेका छन् ।