दाऊदसँग नेपालका नेताहरूको साझेदारी, सहयोगी पक्राउले खुल्दै रहस्य
काठमाडौं- अन्डरवल्ड डन दाऊद इब्राहिम भारतले सर्वाधिक खोजीको सूचीमा छन् भने संसारभरिका प्रहरी पनि उनको खोजीमा छन् ।
बेला बेला उनीबारे निकै रोचक जानकारीहरू आएपनि उनी कहाँ छन् भन्नेमा भारत मात्र होइन पुरै विश्व अज्ञात छ । तर, बेला बेलामा पाकिस्तान या दुबईमा रहेको अपुष्ट खबर आइरहन्छ ।
अहिले उनका सहयोगी नेपालबाट पक्राउ भएको खुलेपछि विभिन्न अड्कलबाजी चलिरहेका छन् । पछिल्लो समय दाऊदको विषयले काठमाडौंदेखि दिल्लीसम्म तरंग ल्याएको छ ।
नेपालमा ब्यबसाय गरेर बसेका उनका सहयोगी एजाज युसुफ लकडावाल ८ जनवरीमा पक्राउ परे । उनको प्रकाउ र नेपाल बसाइको बिषय निकै पेचिलो बन्दै गएको बुझिएको छ । लकड़ावालले नेपालमा गरेको व्यवसायिक लगानीले धेरै प्रश्न समेत खडा गरेको छ ।
काठमाडौंमा उनले अण्डरवल्र्ड डन दाऊद इब्राहिमको पैसा चलाइरहेको विषय बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमले लकडावालको माध्यमले नेपालमा दाऊद इब्राहिमको लगानी रहेको र त्यसमा नेपालका कतिपय नेतारुको समेत पार्टनरशिप रहेको दाबी गरेका छन् ।
प्रभातखबरले दाऊद कम्पनिको काठमाडौंको ठूलो कारोबार रहेको र सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रहेको उल्लेख गरेको छ । कतिपय निर्माण कम्पनिमा दाऊदको पैसा रहेको र त्यसमा कतिपय नेपालका राजनीतिक दलका नेताहरुको समेत पार्टनरशिप रहेको दाबी गरिएको छ ।
प्रभातखबरले लेखेको छ, कतिपय कन्स्ट्रक्शन र अन्य कम्पनिमा दाऊदको पैसा छ, यसमा नेपालका कतिपय नेताहरुको पनि पार्टनरशिप छ । तर, ती नेताहरुको नाम भने खुलाइएको छैन ।
सन् २००८ देखि काठमाडौंमा दाऊद कम्पनिको लगानी लकडावालाले हेर्न थालेको उल्लेख छ । काठमाडौंमा दाऊको ठूलो होटल पनि रहेको दाबी गरिएको छ । नेपालको सीमा क्षेत्र र पटनामा समेत लकडीवालाको धन्दा विस्तार भएको भनिएको छ ।
भारतीय प्रहरीले लकडीवाला पटनाबाट पक्राउ भएको भएकोछ भने कतिपयले नेपालको पोखराबाट पक्राउ भएको जनाएका छन् ।
गत हप्ता मात्रै उनि पक्राउ परेको भनिएको छ । कतिपयले नेपालभित्रबाट पक्राउ परेको समेत दाबी गरेका छन् । दाऊद भारतको सर्वाधिक खोजी गरिएका अण्डरवल्र्ड डन हुन् । उनलाई भारतको विभिन्न अदालतमा मुद्दा दायर छ । भारतले दाउदलाई पाकिस्तानले आफूविरुद्ध प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
नेपालमा विभिन्न ठुला लगानीमा उनको साझेदारी र चलखेलबारे केहि पक्कै खुलासा हुने जानकारहरू बताउने गरेका छन् । यदि उनका सहयोगी नेपालबाट नै पक्राउ परेका हुन् भने पनि यसले छुट्टै तरङ्ग ल्याउने उनीहरूको दावी छ ।
लकडावाल नेपालमा नेपाली नागरिता बनाएर लामो समयदेखि बसिरहेको खुलेको छ । उनकी छोरी विमानस्थलमा समातिएपछि उनि काठमाडौंको न्युरोडमा ब्यापार गरेर बसेको खुलेको थियो ।