कोरोना अपडेट: सबैभन्दा बढी अमेरिकामा, यस्तो छ विश्वभर बेहाल
काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वभर सोमबार ३ हजार ७ सय १५ जनाको मृत्यु र ६० हजार ९ सय ९१ जना नयाँ बिरामी थपिएका छन्।
वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार सोमबार सबैभन्दा बढी बिरामी अमेरिकामा थपिएका छन् भने सबैभन्दा बढीको मृत्यु स्पेनमा भएको छ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सोमबार १९ हजार ९ सय ८८ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ५ सय ६५ जनाको मृत्यु भएको थियो। इटालीमा सोमबार कोरोना भाइरसको संक्रमणका कारण ८ सय १२ जनाले ज्यान गुमाएका छनु भने ४ हजार ५० जनाका नयाँ बिरामी थपिएका थिए।
स्पेनमा सोमबार कोरोनाका ७ हजार ८ सय ४६ जना नयाँ बिरामी थपिएका थिए भने ९ सय १३ जनाको मृत्यु भएको थियो। चीनमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ बिरामी थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।
जर्मनीमा सोमबार थप ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको थियो। सोही दिन जर्मनीमा १ सय जनाले ज्यान गुमएका थिए। फ्रान्समा सोमबार कोरोना भाइरसका कारण ४ सय १८ जनाको मृत्यु भएको छ भने त्यहाँ ४ हजार ३ सय ७६ नयाँमा कोरोना देखिएको छ।
इरानमा सोमबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १७ रहेको छ । सोही दिन इरानमा थप ३ हजार १ सय ८६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्।
बेलायतमा सोमबार नै थप २ हजार ६ सय १९ जनामा कोरोनाको संक्रमण भएको पाइएको थियो। बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ८० जनाले ज्यान गुमाएका छन्।
स्वीट्जरल्याण्डमा सोमबार १ हजार ९३ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने ५९ जनाको मृत्यु भएको यिथो। बेल्जियममा सोह दिन १ हजार ६३ जनामा थप संक्रमण देखिएको थियो। सोमबार नै बेल्जियममा ८२ जनाको मृत्यु भएको छ।
नेदरल्याण्ड्समा सोमबार थप ८ सय ८४ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ। सोही दिन त्यहाँ ९३ जनाको ज्यान गएको छ। टर्कीमा सोमबार १ हजार ६ सय १० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ३७ जनाको मृत्यु भएको थियो।
अष्ट्रियामा पनि सोमबार ८ सय ३० जना कोरोनाका नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए। त्यहाँ २२ जनाको मृत्यु भएको थियो। क्यानडामा सोमबार थप १ हजार १ सय २८ जनामा कोरोना भएको पाइएको थियो। क्यानडामा सोमबार २४ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र नयाँ बिरामी अन्य देशमा थपिएका थिए।