कोरोनाको साइड इफेक्ट: बच्चाहरूमा रहस्यमय कमजोरी - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

कोरोनाको साइड इफेक्ट: बच्चाहरूमा रहस्यमय कमजोरी



एजेन्सी-विश्वभर कोरोनाको कहर चलिरेहेका बेला यो भाइरसका विभिन्न साइड इफेक्ट देखिन थालेका छन । कोरोना भाइरसबाट संक्रमित भएका बालबालिकाहरूमा रहस्यमय कमजोरी देखिइरहेको छ ।

खासगरी अमेरिका र युरोपमा यस्तो समस्या देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ती बालबालिकाहरूमा लामो समयसम्म ज्वरो, छालामा संक्रमण र आँखामा रातोपनाजस्ता लक्षण देखिएका छन् ।

केही बच्चाको रक्तचाप निकै कम भएर आइसियूमा राख्नुपर्ने स्थितिसमेत सिजर्ना भइरहेको न्युयाेर्कका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म त्यहाँ एक सय दुई त्यस्ता बालबालिका देखिइसकेका छन् । यी बालबालिकामा कावासाकी रोगजस्तै लक्षण देखिएको अनुसन्धानकर्ताले बताएका छन् । कावासाकी रोगको संक्रमण भएमा रक्तनलीहरू सुन्निने समस्या हुन्छ ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिकालाई कावासाकी हुन्छ । तर, कोरोना भाइरसका कारण सात वर्षसम्मका बालबालिकामा समेत यस्तो समस्या देखिइरहेको अनुसन्धानकर्ताले जनाएका छन् ।

इटालीको पापा जिओभान्नी अस्पतालले त्यहाँ कावासाकीका बिरामी बालबालिकालाई हेर्दै आएको थियो ।

अस्पतालले सन् २०१५ देखि सन् २०२० याने कि हालसम्म कावासाकीका १९ बालबालिका मात्रै अस्पतालमा आएका बताएको छ ।

तर, यो वर्षको फेब्रुअरी र अप्रिलमा मात्रै कावासाकीजस्तै लक्षण भएका १० बालबालिकालाई भर्ना गरेको अस्पतालले जनाएको छ ।

यसरी एक्कासि कावासाकी झन्डै ३० गुणाले बढेको देख्दा डाक्टरहरूले बालबालिकामा कोरोना परीक्षण गरेको थियो ।

पिसिआर र एन्टिबडी दुवै परीक्षण गर्दा १० मध्ये ८ बालबालिकामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

अनुसन्धानकर्ताहरूले यस्तो लक्षण देखिएका १० मध्ये ६ बच्चामा जटिल समस्या हुन सक्ने बताएका छन् ।

अनुसन्धानकर्ताहरूले यो समस्या जटिल हुँदै जान सक्ने चेतावनीसमेत दिएका छन् । त्यसकारण अग्रिम सावधानी अपनाउनका लागि विश्वभरबाट नमुना अनुसन्धान गर्न जरुरी रहेको उनीहरूले जनाएका छन् ।