भारतमा कोरोना भयावह: एकै दिन झण्डै एक लाख ६९ हजार संक्रमित - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

भारतमा कोरोना भयावह: एकै दिन झण्डै एक लाख ६९ हजार संक्रमित



एजेन्सी- भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह भएको छ । एकै दिन एक लाख ६९ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र भारतमा एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा आइपुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।

उक्त अवधिमा ९०४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७० हजार २०९ पुगेको छ।

भारतमा कोरोना संक्रमण दर दैनिक उच्च बन्दै गैरहेको छ। गत २४ घण्टामा थपिएको संक्रमितहरुको संख्याले पनि संक्रमण दर उच्च रहेको पुष्टि गर्छ ।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३५ लाख २५ हजार३६४ पुगेको छ।

संक्रमितमध्ये एक करोड २१ लाख ५३ हजार ६९९ जना निको भइसकेका छन् भने १२ लाख १ हजार ४५६ सक्रिय संक्रमित रहेको वर्ल्डो मिटरले जनाएको छ ।