कोरोना भाइरसको औषधि बन्दैन: डब्ल्युुएचओ प्रमुख - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

कोरोना भाइरसको औषधि बन्दैन: डब्ल्युुएचओ प्रमुख



एजेन्सी- विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको अचुक औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ ।

डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताएका छन् ।

यसअघि पनि उनले कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको प्रतिक्रिया दिएका थिए ।

मौसम परिवर्तनसंगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै उनले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको बताएका हुन् ।

कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गरे ।

कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गरेका छन् ।

विश्वभर हाल कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ४३ हजार नाघिसकेको छ भने मृतकको संख्या ६ लाख ९७ हजार बढी रहेको छ ।