नेपालमा पनि कोरोना फैलिएको आशंका: ६ जना आइसोलेसनमा
काठमाडौं- कोरोना भाइरस सङ्क्रमण नेपालमा फैलिएको आशंका गरिएको छ ।
६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएपछि यस्तो आशंका गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।
उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।