४० जनामा कोरोनाको आंशका: नमुना परिक्षण हुँदै
काठमाडौं- बिहीबार र शुक्रबारसम्म कोरोना भाइरस संक्रमणका लागि ४० जनाको नमूना संकलन भएको छ ।
काठमाडौँं उपत्यका र बाहिरका अस्पतालबाट पठाइएको ती नमुनाको परीक्षण रिपोर्ट शुक्रबार साँझ आउने प्रयोगशालाका सूचना अधिकारीले बताए।
नेपालमा हालसम्म कोरोनाको आशंकामा ५ सय ४६ जनाको नमूना परीक्षण भएको थियो उनीहरूको रिपोर्टमा कोरोना नदेखिएको प्रयोगशालाले जनाएको छ।