कांग्रेसका दुई जना सांसद नै भारतीय नागरिक भएको प्रमाणित - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कांग्रेसका दुई जना सांसद नै भारतीय नागरिक भएको प्रमाणित



काठमाडौं- नेपालका पूर्वगृह राज्यमन्त्री तथा कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन्।

यो कार्ड भारतीय नागरिकको विशेषाधिकार हो । गैरभारतीयले मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन्।

उनीहरूका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्पष्ट उल्लेख छ।

आफूले भारतीय नागरिकको कागजपत्र बनाएको कँडेललाई थाहा छ, त्यसैले उनी संयमित छन्, तर कांग्रेसका केही केन्द्रीय नेताले कँडेलप्रति अति विश्वास देखाउँदै यसअघि नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति अविश्वास गरेका छन् ।

सीमापारको स्थलगत अनुसन्धान गरेर भारतीय आयकर विभागको दस्ताबेज नै प्राप्त गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा नरेश ज्ञवाली र पुष्प ढुंगानाले लेखेका छन्।

आफूले भारतीय नागरिकको कागजपत्र बनाएको कँडेललाई थाहा छ, त्यसैले उनी संयमित छन्, तर कांग्रेसका केही केन्द्रीय नेताले कँडेलप्रति अति विश्वास देखाउँदै यसअघि नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति अविश्वास गरेका छन् ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले पत्र काटेपछि जिल्ला प्रशासन कार्यालय नलवपरासीले सांसद कँडेलसँग दोहोरो नागरिकता रहेको सम्बन्धमा छानबिन गरिरहेको छ ।

आवश्यक पर्दा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेर भए पनि विवरण संकलन गर्ने तयारी गृह मन्त्रालयको छ ।

त्यसैगरी देवेन्द्रराज कँडेलको क्षेत्रका प्रदेश सांसद बैजनाथ कलवार (जयसवाल) सँग पनि भारतीय नागरिकता रहेको खुलेको छ । उनी कांग्रेसका तर्पmबाट नवलपरासी २ (ख) बाट निर्वाचित भएका हुन् ।

उत्तरप्रदेश ठुठीबारी ग्राम पञ्चायतले उनी भारतीय नागरिक वनारसी जायसवालका छोरो रहेको पुष्टि गर्दै जारी गरेको सिफारिसपत्र नयाँ पत्रिकालाई प्राप्त भएको छ।

‘म यो प्रमाणित गर्छु कि बाबु वनारसी जायसवालका छोरा बैजनाथ कलवार ९जायसवाल० ग्राम ठुठीबारी तहसिल जिल्ला महाराजगन्जका स्थायी बासिन्दा हुन् । म यिनलाई राम्रोसँग चिन्दछु । र उसको उज्ज्वल भविष्यको कामना गर्दछु,’ ठुटीबारी ग्राम पञ्चायतका प्रधान राजेश सिंहले जारी गरेको सिफारिसपत्रमा उल्लेख छ।

पत्रमा सांसद कलवारको फोटोसमेत छ । उनको नाममा रासन कार्डसमेत छ।

सिफारिसपत्रमा सांसद कलवारलाई व्यवसायी उल्लेख गरिएको छ । उनले नेपाली नागरिकताको प्रतिलिपिमा प्रयोग गरेको फोटो र भारतीय नागरिकका रूपमा ठुटीबारी ग्राम पञ्चायतबाट लिएको सिफारिसपत्रमा एउटै फोटो प्रयोग गरेका छन्।

अन्य व्यक्तिगत विवरण पनि मिल्दोजुल्दो छ । १० माघ ०२८ जन्ममिति भएका उनले २८ जेठ ०६९ मा नेपाली नागरिकताको दोस्रो प्रतिलिपि लिएको देखिन्छ।