देउवालाई तह लगाउन एक भए काङ्ग्रेस नेताहरू, बन्दै नयाँ रणनीति - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

देउवालाई तह लगाउन एक भए काङ्ग्रेस नेताहरू, बन्दै नयाँ रणनीति



काठमाडौं- घरझगडाले नै थला परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थला पारेको छ । नेताले नेतालाई नै नगन्ने र गुट मात्र राजनीति हो भन्ने संस्कारले गर्दा अवस्था विकराल बन्दै गैरहेको छ ।

यतिवेला शीर्ष नेताहरुबीच पानी बाराबारको अवस्था छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बोलचाल नै बन्द भएको छ ।

पार्टीको केन्द्रिय कार्यसमिति बैठकबाट एकलौटी निर्णय गरेको भन्दै पौडेल रुष्ट छन् । विभिन्न विभाग गठनको लागि संख्या बढाउनेदेखि लिएर महाधिवेशनको मिति तय गर्नेजस्ता महत्वपूर्ण निर्णयहरु एकलौटी गरेपछि पौडेल समूह असन्तुष्ट बन्दै आएको छ ।

यो बीचमा पौडेल समूहले छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेर देउवाले गरेका निर्णय नमान्ने चेतावनीसमेत दिईसकेको छ ।

उता, सभापति देउवाले भने पौडेल पक्षलाई फकाउने रणनीतिका साथ आफ्ना गुटका नेताहरुलाई दुतको रुपमा वार्ता गर्न पठाएका छन् ।

उपसभापति विमलेन्द्र निधिले पौडेलसँग पटक पटक वार्ता गरेका छन् । तर, पौडेलले स्पष्ट रुपमा निर्णय नसच्याएसम्म कुनैपनि वार्तामा नबस्ने अडान लिएका छन् ।

सोहीअनुसार पौडेल समूहले नयाँ रणनीति बनाएको छ । सभापति देउवालाई पौडेल पक्षको योजना छ । पौडेल पक्षधर एक नेताले भने,‘सभापतिले नै पेलेर जाने नीति लिएका छन् । त्यही भएर अब हामी पनि उहाँलाई गलाउने रणनीतिमा छौं ।

देउवाको रणनीतिलाई असफल तुल्याउने हाम्रो योजना हो । अहिले कृष्ण सिटौला र कोइराला परिवार पनि एक भएका छन् । खासगरी सभापति देउवाईतर सबै नेताहरु एक भएका छन् ।’

१४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भैसकेको छ । तर, पौडेल समूह महाधिवेशन अघिसम्म देउवासँग वार्ता नगर्ने पक्षमा छ ।