कांग्रेस पदाधिकारी बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडाैं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुवै समूहबाट सभापति देउवालाई आएको प्रधानमन्त्रीको अफरबारे छलफल हुने प्रवक्ता शर्माले बताए।

कांग्रेस सभापति देउवाले जिम्मेवारी आएमा प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले भने तत्काल सरकारमा जान नहुने अडान राख्दै आएका छन्।

आजको बैठकले भावी रणनीति तथा पार्टीको औपचारिक लाइन तय गर्ने प्रवक्ता शर्माको भनाइ छ।