काँग्रेस केन्द्रीय कमिटि बैठक बस्दै - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

काँग्रेस केन्द्रीय कमिटि बैठक बस्दै



काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

सोमबार बोलाइएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो। एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको काँग्रेसले जनाएको छ।

१४ औँ महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कााग्रेसको भनाइ छ। काँग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।