चितवन: आइसोलेसनमा राखिएका एक युवाको मृत्यु
चितवन- भरतपुरमा आइसोलेसनमा राखिएका एक युवाको मृत्यु बएको छ।
भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो ।
उनको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।
उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमणको रिपोर्ट आउन बाँकी थियो ।