आरडीटी गर्दा चितवनमा चार जना कोरोना पोजेटिभ भेटिए
चितवन- र्यापिड टेस्टको क्रममा चितवनमा चार जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
बुधबार चितवन जिल्लामा भएको मध्य चार जनामा र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चार जना नै चितवनको टाँडीका रहेको जनाइएको छ ।
उनीहरुको स्वाब सङ्कलन गरेर पीसीआरबाट थप परीक्षण गरिँदै गरेको बताइएको छ ।
रत्ननगरपालिकाको टाँडीस्थित गुञ्जमान अस्पतालमा गरिएको आरडीटी गर्दा चार जानको रिपोर्ट पाजिेटिभ देखिएको हो।