चित्रबहादुरले फेरी भने: संघीयता खारेज गर्नुपर्छ - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

चित्रबहादुरले फेरी भने: संघीयता खारेज गर्नुपर्छ



बुटवल । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।

 

नेपाली भुमिले संघीयता धान्नै नसक्ने भन्दै उनले भने, ‘बिदेशीको ईशारामा नेपालमा संघीयता ल्याइएको हो, नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको ब्यवस्था उपयुक्त हुन्छ ।’

एमाले माओवादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि पार्टी एकताको कुनै सम्भावना नरहेको उनले बताए ।

केसीले माओवादीको २१ औ शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादको सारमा एउटै भएको समेत टिप्पणी गरे ।

चित्रबहादुर केसीले धेरै पहिले देखि नै संघियता नेपालको लागि आवस्यक नभएको र यसलाई खारेज गरिनुपर्ने अडान राख्दै आएका छन्