फेरी पनि एटीएम रित्याउने चिनियाँ ह्याकरको त्यो योजना - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

फेरी पनि एटीएम रित्याउने चिनियाँ ह्याकरको त्यो योजना



काठमाडौं- बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

एटीएमको डेटा रिड गरिरहेको जस्तो देखिएको डेटा मोबाइलमा सारेको जस्तो देदेखिएकोले बैंकले प्रहरीलाई खबर गरेपछि ति चिनियानागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । ठूलो डिजाइन हुन सक्ने अनुमान गरेर प्रहरीलाई खबर गरेको बैंकले बताएको छ ।

स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङलाई पक्राउ गरेका छन्।

काठमाडौँ महानगरपालिका–२७ ज्याठास्थितमा मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मङ्गलबार साँझ पक्राउ परेका उनलाई सार्वजनिक गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ।

बैंकले अन्यत्र पनि यस्तै घटना भएको हुन सक्ने आशंका गर्‍यो। यसअघि राजधानीमा चिनियाँ नागरिककै संलग्नतामा विभिन्न एटीएम ह्याक गरी ठूलो मात्रामा रकम निकालिएको थियो।

यसपटक पनि त्यस्तै घटना भएको हुनसक्छ भन्ने अनुमान थियो बैंकको। तर ती चिनियाँ नागरिकले एटीएमको कभर निकालेर फोटो खिचे पनि पैसा भने निकालेका थिएनन्। उनले बेलुका आफ्नो टिमसँग सल्लाह गरेर ठूलो रकम हत्याउन खोजेको हुनसक्ने अनुमान बैंकको छ।

ठमेलको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरी जनाएको छ। उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डेढ वर्ष पहिले रकम निकाल्न सफल भएपनि पक्राउ परेका चिनियाँको यस पटक भने सुरुमै योजना विफल भएको बताइएको छ ।