चिनियाँ दुतावासले पत्रकारलाई धम्क्याएको बारे महासंघको आपत्ति - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

चिनियाँ दुतावासले पत्रकारलाई धम्क्याएको बारे महासंघको आपत्ति



काठमाडौं- नेपाल पत्रकार महासंघले चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासले धम्कीको भाषामा विज्ञप्ति जारी गरेको थियो ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी दूतावासको विज्ञप्तिले पत्रकारलाई धम्की र लाञ्छना लगाउने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

चिनियाँ राजदूतावासले जारी गरीए गरेको विज्ञप्तिप्रति महासंघले भनेको छ, ‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो।

कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’ । ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ महासंघले भनेको छ ।