डोनाल्ड ट्रम्पलाई नै जिताउन चाहन्छन सी जिनपिङ - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

डोनाल्ड ट्रम्पलाई नै जिताउन चाहन्छन सी जिनपिङ



एजेन्सी-चीनले दोस्रो कार्यकालका लागि पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलेनै जितेको हेर्न चाहेको छ । यसले बेइजिङलाई उसको अन्तर्राष्ट्रिय महत्वाकांक्षा पुरा गर्नका लागि सहयोग गर्ने विश्लेषकहरले बताएका छन् ।

“स्पष्ट रुपमा भन्नुपर्दां बेइजिङले ट्रम्प प्रशासनको निरन्तरतालाई प्राथमिकतामा राखेको छ,” परामर्शदातृ संस्था स्ट्राटफोरको रणनीतिक विश्लेषणका वरिष्ठ उपाध्यक्ष रोडजर बेकरले बताए ।

“यसको कारणमा ट्रम्प प्रशासनको क्रियाकलाप र उक्त प्रशासनप्रतिको अन्तर्राष्ट्रिय बुझाई, अमेरिकाभित्र जे देखिएको छ र धु्रविकरण भइरहेको छ, यसले बेइजिङलाई लाभनै भइरहेको छ,” बेकरले बताए ।

वास्तवमै बेइजिङ उसलाई अवरोध गर्ने केन्द्रीकृत अमेरिकी नीति र समन्वयात्मक अन्तर्राष्ट्रिय नीतिप्रति त्रसित रहदै आएको उनले थपे ।

पछिल्ला वर्षहरुमा अमेरिका–चीनबीचको सम्बन्धमा व्यापक अवरोध आएको छ । दुई पक्ष विभिन्न विषयमा विवादित भएपछि यो अवस्था आएको हो । विवादको यो श्रृंखला गत साताको दुवै मुलुकका कन्सुलेट बन्द गराउनेमा समेत पुगेको थियो ।

गत साता अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले बेइजिङले विश्व कब्जा गरेको लामो समयसम्म सहन नसक्ने बताएका थिए । उनले आफ्ना मित्र राष्ट्रहरुलाई चीनलाई फेरिने अवस्थाको सिर्जना गर्नका लागि समेत प्रेरित गरेका थिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीसँग विभेद राख्ने गतिशिल र स्वतन्त्राप्रेमी चिनियाँ नागरिकहरुलाई सशक्तिकरणमा लाग्नका लागि समेत आग्रह गरेका छन् ।