चीनमाथि प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको तयारी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

चीनमाथि प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको तयारी



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउने तयारी भैरहेको बताएका छन् । पछिल्लो समय निकै चिसिएको चीन अमेरिका सम्बन्धमा यति ठुलो निर्णय होला भन्ने आशा थिएन ।

ट्रम्पले यस्तो तयारीबारे आफ्ना अधिकारीहरूसंग छलफल गरेको बताइन्छ । ट्रम्पले भनेका छन् ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन ।’

ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् ।

२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब सो फार्म हाउसमा एक साता बिताउने बताइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।

अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् ।

यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग कटौतीसमेत गरेको छ ।

अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४ सय अस्पतालहरुलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता केली मेक्ननीले दिएको जानकारीअनुसार कोरोना भाइरस संक्रमित १०० बिरामी यो सोभन्दा बढी बिरामी भर्ना भएको अस्पताललाई प्राथमिकता दिएर सहयोग गरिने छ ।