चीनमा फेरि सुरुभयो महामारी- केहि शहरमा पुन: लकडाउन घोषणा
काठमाडौं- कोरोना मुक्त घोषणा गरिएको चीनमा फेरि महामारीको अवस्था आएको भन्दै केहि शहरलाई जोखिम घोषणा गरेर पूर्ण लकडाउन गरिएको छ।
लामो समय संक्रमित नभेटिएपछि चीनलाई कोरोना मुक्त घोषणा गरिएको थियो भने पछिल्लो समय एकाएक कोरोना संक्रमण देखिन थालेकोपछि चीनमा मात्र होइन विश्वभर त्रासको वातावरण बनेको छ ।
आज मात्रै कोरोना भाइरसबाट एघार जना संक्रमित भएको फेला परेपछि चीनका केहि सहरमा पुनः लकडाउन घोषणा गरिएको हो । उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा संक्रमण देखिएको थियो।
ती सबै संक्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ । ४५ वर्षीया महिलाले आफ्नो श्रीमान् दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन्।
यसअघि शनिबार मात्र कोरोना भाइरसको उद्गमस्थल भनिएको वुहानमा १४ जना संक्रमित भेटिएका छन् ।
शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ । चीनको वुहान शहरमा स्थानीय संक्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्।
अधिकारीहरूले नयाँ पाँच संक्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्। महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा संक्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो संख्या थियो।