छत्रदेव -दिल्ली सम्पर्क समाज स्थापना ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

छत्रदेव -दिल्ली सम्पर्क समाज स्थापना !



नयाँ दिल्ली ,छत्रदेव स्थाई घर भई विभिन्न पेसा व्यवसाय ,अध्यानको शीलशिलामा बसोबास गर्दै आएकाहरूको संयुक्त समाजको स्थापना गरिएको छ । समाजको पहिलो भेलाले तीनमहिनाको लागि तदर्थ समितिको गठन गरिएको र तीनमहिना पछि नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान गर्ने गरी वैशाख दुई गते बस्ने भेलाले उक्त समाजको पुरा रूप दिने भएको छ ।

समाजको उदेश्य दिल्लीमा बस्दै आएका छ्त्रदेब बासीलाई सङ्गठित गर्ने छ्त्रदेब गाउँपालिकाको विकासमा प्रवासबाट गर्न सकिने विभिन्न सहयोग गर्ने र दिल्लीमा बस्ने छ्त्रदेब बासीलाई आई पर्ने समस्यामा एक जुट भएर समाधान गर्ने जनाइएको छ ।

छ्त्रदेब दिल्ली सम्पर्क समाजको अधक्ष्यमा रामनाथ अर्याल, उपाध्यक्ष विनोद खनाल ,सचिव पवन भुसाल ,सह सचिव हरि पाण्डे र कोषाध्यक्षमा दीपक पाण्डे रहेका छन् । त्यस्तै यस छ्त्रदेब सम्पर्क समाजको सल्लाकारमा बालकृष्ण पाण्डे ,ध्रुव भुसाल ,जित ब. हमाल र कृष्ण पन्थ विष्णु पाण्डे रहेको सह सचिव हरि पाण्डेले जनाएका छन् ।