२४ घण्टामा ५ हजार बढीले ज्यान गुमाए - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

२४ घण्टामा ५ हजार बढीले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण पछिल्लो २४ घण्टामा ५ हजार ३१३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ६२३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ७७९, बेलायतमा ६२७, स्पेनमा १७६, फ्रान्समा ३४८, इटलीमा १७२ तथा रुसमा १०७ जनाको कोरोना संक्रमणका कारण २४ घण्टामा मृत्यु भएको छ ।

२१५ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ३९४ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३६८ को ज्यान गएको छ । बेलायतमा ३२ हजार ६९२, इटलीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० को कोरोनाका कारण ज्यान गइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । १५ लाख ९६ हजार ७६३ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

२४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४६ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको सामान्य रहेको छ ।