पद गुमाएका चार नेता फेरि मन्त्रीमा सिफारिस, सपथ गराउने तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पद गुमाएका चार नेता फेरि मन्त्रीमा सिफारिस, सपथ गराउने तयारी



काठमाडौँ– सांसद पद गुमाएका चार नेता फेरि मन्त्री बन्ने भएका छन् । सांसदसँगै मन्त्री पद गुमेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका उनीहरुलाई नेकपा माओवादीको सिफारिसमा प्रतिनिधिसभा बैठकले हिजो पदमुक्त भएको जानकारी गराएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । उनीहरुको आजै साँझ सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।