वैज्ञानिकहरुले चमेरामा भेट्टाए सात प्रकारका नयाँ कोरोना भाइरस - Himal Post Himal Post
  • २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
Logo

वैज्ञानिकहरुले चमेरामा भेट्टाए सात प्रकारका नयाँ कोरोना भाइरस



एजेन्सी- म्यानमारका वैज्ञानिकहरुले चमेरामा ‘कोभिड १९’ बाहेकका थप ६ वटा नयाँ कोरोना भाइरस भेटेका छन्।

कोरोना भाइरस सदस्यको कोभिड १९ चमेराबाट सालक हुँदै मानिसमा सरकेको वैज्ञानिकहरुको विश्वास छ।

हाल कोभिड १९ विश्वभर महामारीको रुपमा फैलिएको छ। जसका कारण २० लाखभन्दा बढी संक्रमित छन्। एक लाख २६ हजारको मृत्यु भइसकेको छ।

सन् २००२–२००३ मा देखिएको सार्स प्रकोप पनि कोरोना भाइरसकै कारण देखिएको थियो। कोरोना भाइरसको सदस्य कोभ २ भाइरसले सार्स प्रकोप फैल्याएको थियो।

सोही भाइरसले फेरि सन् २०१२ मेर्स प्रकोप निम्त्याएको थियो। हाल पत्ता लागेका ६ वटा नयाँ भाइरस पनि कोरोना परिवार भित्रै पर्दछन्।

यद्यपी कोभिड १९, सार्स र मेर्सभन्दा यी भाइरसहरुको प्रकार फरक भएको वैज्ञानिकहरुले बताएका छन्। म्यानमारको चमेरामा गरिएको अध्ययनमा यो तथ्य पत्ता लागेको हो।

सरकारले प्रायोजित गरेको कार्यक्रम अन्तर्गत वैज्ञानिकहरुले चमेरामा सरुवा रोग फैल्याउने सम्भावना कति छ भनेर अध्ययन गरेका थिए।

अध्ययनमा कोरोना भाइरसका नयाँ ६ सदस्य पत्ता लागेका हुन्। चमेरामा कोरोना भाइरसका अन्य सदस्यहरु पनि भएको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ।

अध्ययनमा अनुसन्धानकर्ता सुजन मुरे भन्छन्,‘धेरैजसो कोरोना भाइरस मानिसमा हानिकारक नहुनसक्छ। तर यसबारे पहिल्यै अनुसन्धान गरे यसले भविष्यमा निम्तनसक्ने चुनौतीलाई कमगर्छ।’