दाङमा स्कुल बस दुर्घटना: तीनको मृत्यु, बसमा सवार सबै घाइते - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

दाङमा स्कुल बस दुर्घटना: तीनको मृत्यु, बसमा सवार सबै घाइते



दाङ–दाङको सरैयाडाडाँमा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ।

पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत तीन जना विद्यार्थीको मृत्यु भएको हो। एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ भने बसमा सवार सबै विद्यार्थी घाइते छन्।।

तुलसीपुरको सरैयाडाडाँको चोकमा मंगलबार बिहान स्कुल बस दुर्घटना भएको हो । प्रहरीले भने विवरण संकलन भैरहेको बताएको छ ।

१८ वर्षाया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पुष्टि इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको छ । बाँकी विवरण संकलनको क्रममा रहेको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

ब्रेक फेल भएका कारण कोठरीबाट विद्यार्थी लिएर तुलसीपुर आउँदै गरेको रा १ क ४३३ नम्बरको बस बताइएको छ अनुमान गरेकाे छ ।