२०७५ कार्तिक ६, मङ्लबार

वृद्धभत्ता हटाउने सरकारको तयारी !

March 15, 2018
26698 Views
Spread the love
  • 5.1K
    Shares

काठमाडौं :सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने तयारी गरेको छ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएपछि सरकारले यसलाई हटाउने तयारी गरेको हो ।

बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक र व्यावहारिक नभएको आवाज उठिरहेको बेला सरकारले यसलाई हटाउने तयारी गरेको हो । बृद्धभत्ताको कारणले राज्यको ठुलो धनराशि अनुत्पादक तरिकाले खेर जाने देखेर सरकारले हटाउन लागेको स्रोतले बताउने गरेको छ ।

तत्कालीन मनमोहन अधिकारीको सरकारबाट सुरु भएको बृद्धभत्ता आज सम्म आउँदा धेरैले राजनीति गर्ने, सस्तो लोकप्रियता कमाउने भाँडो भएको र तल्लो तहमा यसैको नाममा भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले यसलाई हटाउनको लागि सुझाव सङ्कलन र फरक र प्रभावकारी तरिकाले कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको एक श्रोतले जानकारी दिएको छ ।

गाउँ गाउँमा भत्ताको नाममा हुने राजनीति, बेथिति र भ्रष्टाचारले गर्दा यसलाई हटाएर वैज्ञानिक र व्यावहारिक तरिकाले अन्य कुनै कार्यक्रममा वृद्ध वृद्धालाई समेट्ने सरकारको योजना रहेको अर्थमन्त्रालयका एक कर्मचारीले बताए ।

Facebook Comments
  • 5.1K
    Shares

You may be interested

प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ?
समाचार
0 shares98 views
समाचार
0 shares98 views

प्रहरीका ६ डिआईजीको सरुवा को कहाँ ?

himal post - २०७५, ६ कार्तिक २१:००

काठमाडौं– प्रहरी प्रधान कार्यालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ…

ओली सरकार गिराउने विषय अफवाह:नेता नेपाल
राजनीति
0 shares108 views
राजनीति
0 shares108 views

ओली सरकार गिराउने विषय अफवाह:नेता नेपाल

himal post - २०७५, ६ कार्तिक २०:३४

दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको…

प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी
राजनीति
0 shares322 views
राजनीति
0 shares322 views

प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी

himal post - २०७५, ६ कार्तिक १९:०७

जनकपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना निम्तने चेतावनी दिएका छन्…