ब्राजिलका राष्ट्रपतिमा फेरि संक्रमण - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

ब्राजिलका राष्ट्रपतिमा फेरि संक्रमण



काठमाडौं- ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पुनः कोरोना भाइरसबाट संक्रमित भएका छन्।

राष्ट्रपति कार्यालयले बुधबार यो कुराको पुष्टि गर्दै उनी अझै २ साता क्वारेन्टिनमा बस्ने जानकारी दिएको छ। राष्ट्रपतिका सबै भेटघाट र यात्रा स्थगित गरिएको छ।

यसअघि ७ जुलाईमा उनलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी राष्ट्रपति आवासमा सेल्फ आइसोलेसनमा थिए। हिजो बुधबार पुनः परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ।

ब्राजिलका राष्ट्रपतिले कोरोना भाइरसलाई हल्का रुपमा लिँदै आएका छन्। उनी ब्राजिलमा लकडाउन गर्ने पक्षमा पनि थिएनन्।

कोरोना महामारीबाट अति प्रभावित हुने मुलुकको दोस्रो स्थानमा आउँछ ब्राजिल। त्यहाँ २२ लाख मानिस कोरोनाबाट संक्रमित भएकोमा ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।