बोक्सीको घटनामा दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी दबाब । - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

बोक्सीको घटनामा दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी दबाब ।



सुखड

कैलालीको घोडाघोडी नगरपालिका वडा न ५ देउकलियामा गत बिहीबार घटेको घटनामा दोषीलाई कारबाहीको माग गर्दै चौतर्फी दबाब बढेको छ ।

घटनाबारे विभिन्न सञ्चार माध्यमले प्रकाशन र प्रसारण गरिसकेपछी विभिन्न सङठनहरुको ध्यानाकर्षण भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन घोडाघोडि नगरपालिका ५ देउकलियाकी १८ वर्षीय राधा चौधरीलाई न्याय दिनका लागि चौतर्फी दबाब बढेको हो ।

यसैबिच नेपाल विद्यार्थी सङ्घका केन्द्रीय महामन्त्री कुन्द्नन काफ्लेले कैलाली पुगी घटना बारे बुझेका छान । घटनाको सत्यतथ्य बुझ्ने क्रममा कैलालीको घोडाघोडि नगरपालिका १ सुखडमा काफ्लेले पत्रकार सम्मेल गरेका छ्न ।

पत्रकार सम्मेलनमा बोल्दै उनले समाजमा रहेका कु संस्कार कुरिती रुढिबादी परम्परा हटाउनका लागि सञ्चार माध्यमहरूले सकारात्मक भूमिका खेलनुपर्नेमा जोड दिएका थिए । काफ्लेले पीडितलाई न्याय र घटनामा संलग्न रहेका जनप्रतिनिधि सङ्गै , घटनामा मिलापत्रमा सहमति राख्ने राधाको बाबु र रमितेहरूलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए ।

यसैगरी आइतबार नै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला सङठन,नेपाल कम्युनिस्ट पार्टी कैलाली,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र घोडाघोडी नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई सख्त कारवाहीको माग गरेका छ्न ।

बौनिया जेसिज र सम्भावित घोडाघोडि जेसिजले पीडितलाई न्याय दोषीलाई कारबाहीको माग गर्दै कार्याकारी अधिकृत कृतनराज पौडेलमार्फत नेपाल सरकार्लाइ ज्ञापन पत्र बुझाएको छ ।