ओलीलाई विश्वप्रकाशले भने : माउसुली अवतार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीलाई विश्वप्रकाशले भने : माउसुली अवतार



काठमाडौं ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई सटिक प्रश्न गरेका छन् । शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई सटिक रुपमा प्रश्न गरेका हुन् ।

‘ उग्र राष्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म ! तर भोटको रोटि सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’ नेता शर्माले लेखेका छन् ‘ कांग्रेसले त्यसो-त्यसो गरेको भए कसो-कसो भनि सक्नुहुन्थ्यो होला नि ओलिज्यू ?’

अहिले ओलीले आत्मसमर्पणवादी प्रवृत्ति देखाएको भन्दै उनको र स्वराजवीचको भेटलाई आलोचना गर्न थालिएको छ । उनले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि स्वराजलाई नेपाल बोलाएर आफैंले यस अघि भन्ने गरेको लम्पसारबादी चरित्र देखाएको आरोप लाग्ने गरेको छ ।

यही बेलामा काँग्रेस प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् । कुटनीतिक वृत्त र राजनीतिक वृत्तमा समेत चर्चा भएको यो विषयले नेपालको राजनीतिक गर्माएको छ।