विष्णु पौडेलले गरे विवाद तत्काल समाधान हुने संकेत - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

विष्णु पौडेलले गरे विवाद तत्काल समाधान हुने संकेत



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाभित्रको विवाद चाँडै हल हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर वार्ता भइरहेकाले चाँडै समस्या हल हुने बताए । उनले स्थायी कमिटी बैठक नियमित प्रक्रियामा सञ्चालन हुने पनि बताए ।

उनले भने, ‘अब निकट भविष्यमा नै नेकपाभित्रको विवाद मिल्नेछ, यो तपाईंहरूले चाँडै सुन्न पाउनुहुनेछ ।’

त्यस्तै उनले हिजो बालुवाटारमा अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहको भेलालाई स्थायी कमिटी बैठक भन्न नमिल्ने बताएका छन् ।

उनले अध्यक्ष प्रचण्डले पनि हिजाको भेलालाई बैठक नभनेको स्पष्ट पारेका छन् । उनले स्थायी कमिटी सदस्यहरू बसेर पार्टी एकता जोगाउन छलफल गरेको बताए ।

‘सो भेलाको सबैभन्दा ठूलो नेता भनेको प्रचण्ड हो, उहाँले पनि हिजो यो बैठक होइन भनेर सुरुमा नै धारणा राखेर कुरा सुरु गर्नुभएको छ,’ पौडेलले भने ।

त्यस्तै उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भएको छलफललाई स्थायी कमिटीको बैठक भन्न नहुने बताएका छन् ।

‘यदी नारायणकाजीजीले बैठक भनेको भए, त्यो पार्टीको प्रवक्ताका रूपमा भनेको होइन, अन्यको प्रवक्ताको रूपमा भनेको हुनुपर्छ’, उनले भने ।

महासचिव पौडेलले ओलीले ५ वर्ष नै सरकार चलाउने र एकता महाधिवेसनसम्म अध्यक्ष रहने भन्दै तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।

‘नेकपा फुट्दैन, पाँच वर्ष नै केपी ओलीले सरकार चलाउनुहुन्छ, महाधिवेशन नभएसम्म उहाँ नै अध्यक्ष रहिरहनुहुन्छ,’ उनले भने ।