वीर अस्पतालमा पनि दुई जनाको मृत्यु - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

वीर अस्पतालमा पनि दुई जनाको मृत्यु



काठमाडौं- वीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको आशंका गरिएका उनीहरूको सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो ।

ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

तर रिपोर्ट भने आएको छैन ।