विप्लव समुहले फागुन १४ गते देशव्यापी शैक्षिक संस्था बन्द गर्ने
काठमाडौं- विप्लव समूहले फागुन १४ गते बुधबार देशव्यापी शैक्षिक संस्था बन्द गर्न आब्हान गरेको छ ।
आफ्ना विद्यार्थी नेता पक्राउ गरेको विरोधमा बुधबार शैक्षिक संस्था बन्द आब्हान गरिएको विज्ञप्तिमा जनाइएको छ।
मंगलबार जारी विज्ञप्तिमा केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाइको माग राख्दै बुधबार शैक्षिक संस्था बन्द गर्न आब्हान गरिएको हो ।
विज्ञप्तिमा उल्लेख गरिएको छ–‘ दलाल राज्यको श्वेत आतंकको प्रतिरोध स्वरुप र कमरेडहरुको स–सम्मान रिहाइका लागि केन्द्रीय कार्यक्रम अनुसार फागुन १४ गते देशभर रहेका सामुदायिक, निजी तथा प्राविधिक शैक्षिक संस्था बन्द गरिदिनुहुन अपिल गर्दछौं।’
त्यस्तै विज्ञप्तिमा देशमा अहिले केपी र वादल कम्पनीले फासीवाद सत्ता चलाइरहेको आरोप समेत लगाइएको छ ।
विज्ञप्तिमा अगाडी शैक्षिक क्षेत्रमा देखिएको निजीकरण, व्यापारीकरण, भ्रष्टीकरण र माफियाकरण बिरुद्द निरन्तर संघर्षरत रहेको बताइएको छ ।