बैंकको ब्याज घटाउन र किस्ता सार्न विद्या भट्टराईले गरिन प्रस्ताव - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

बैंकको ब्याज घटाउन र किस्ता सार्न विद्या भट्टराईले गरिन प्रस्ताव



काठमाडौं- पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी पत्नी तथा नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणको कारण व्यवसायीहरू मर्कामा परेकाले विशेष ब्यबस्था गर्नुपर्ने माग गरेकी छन् ।

भट्टराईले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै व्यवसायीहरू मर्कामा पर्ने भएकाले बैंकको ब्याजदर घटाउने, पुनःकर्जाको व्यवस्था गर्ने र बैंकको किस्तालाई केही पर सार्ने निर्णय गर्न माग गरेकी हुन।

भट्टराईले नेपालको पर्यटन उद्योगलाई धराशायी हुन नदिन यस्तो प्रस्ताव गरेकी हुन् । उनले कोरोनाको असरले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिन लागेको भन्दै पर्यटन उद्योगलाई धराशायी बन्नबाट रोक्न बैंकको ब्याजदर घटाउने लगायतका पहल गर्नुपर्ने बताएकी हुन् ।

‘कोरोना भाइरसका कराण नेपालीहरूको बीचमा सन्त्रास निम्तिरहेको देखेका छांै, खासगरी कोरोना भाइरसले सामाजिक जनजीवन प्रभावित बनाइरहेको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष/परोक्ष नकारात्मक असर पर्ने सम्भावना देखेका छौं,’ उनले भनिन्, ‘कोरोनाका कराण नेपालको सम्भावना बोकेको पर्यटन क्षेत्र प्रत्यक्ष शिकार बन्न पुगेको छ, खर्बौं लगानी भएको पर्यटन उद्योग धराशायी हुने जोखिम बढेको छ ।’

देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा र विदेशी मुद्रा आर्जनको क्षेत्र पर्यटन उद्योगलाई धराशायी बन्न नदिन उनले बैंकको ब्याजदर घटाउन तथा होटलले राज्यलाई बुझाइरहेको करमा छूट दिन माग गरिन् ।