विद्यार्थी अधिकार मन्चको आयोजनामा विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्यार्थी अधिकार मन्चको आयोजनामा विद्यालय स्तरीय प्रतियोगिता सम्पन्न ।



बुटवल । स्वर्गिय प्रतीक्षा बस्यालको सम्झनामा विद्यार्थी अधिकार मन्चको आयोजनामा विधालय स्तरीय नृत्य, गायन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ९२ वर्षीया ज्येष्ठ नागरिक अमृता गौतमको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा रुपन्देही जिल्लाका १० विधालयका २० जना विधार्थीले भाग लिएका थिए । जसमा गायन तर्फ कालिकाका दीपान्सु श्रेष्ठ प्रथम, सीता माविका उमा खत्री द्धितीय र पशुपति माविका रबिन सुरा मगर तृतीय हुन सफल भए ।

त्यस्तै, नृत्य विधामा कालिकाकै आयुष्मा अर्याल ले प्रथम स्थान हांसिल गरेका थिए भने भुल्के माविका निर्मला थापा द्धितीय र दुर्गादत्त मावि का कृतिना गौतम तृतीय भए । सोही प्रतियोगितामा वक्तृत्व तर्फ कालीका माविका सागर न्यौपाने प्रथम, पशुपति माविका शशी कोइराला द्धितीय एवम् सीता माविका पूजा शारुले तृतीय स्थान हांसिल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट भएका विधार्थीहरुलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा स्व. प्रतीक्षा बस्याल मेमोरियल ट्रस्टका लागि ट्रस्टका संरक्षक सिता बस्यालले रु १ लाख को चेक विधार्थी अधिकार मन्चलाई हस्तानतरण गर्नुभएको थियो ।

उक्त रकम पिछडिएका, गरिब तथा जेहनदार बालबालिकाको शिक्षा तथा स्वास्थ्य सुविधाका लागि प्रयोग हुने कार्यक्रमका अध्यक्ष राजु बिकेले जानकारी दिनुभयो ।उक्त कार्यक्रमको सञ्चालन सन्जु पौडेलले गर्नुभएको थियो ।