बाइडनको एउटा निर्णयले विश्वलाई राहत - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बाइडनको एउटा निर्णयले विश्वलाई राहत



एजेन्सी- कोरोना महामारीले थलिएको विश्वलाई अमेरिकी राष्ट्रपति जो बाइडनको एउटा निर्णयले राहत महसुस भएको छ । कोरोना भाइरसविरुद्धको खोप बौद्धिक अधिकारबाट बाहिर राख्न विश्व व्यापार संगठनले गरेको पहलमा अमेरिकाले समर्थन जनाएको छ ।

अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले डेमोक्रेटिक सांसद र १०० बढी देशको बदो दबाबका कारण य्पो अस्थायी समर्थन दिएका हुन्। यदि कोरोना खोपलाई बौद्धिक अधिकार बाहिर राखिएमा धेरै मुलुकमा खोप उत्पादन हुनेछ जसले गरिब मुलुकले पनि चांडो खोप पाउने अपेक्षा गरिएको छ।

भारत र दक्षिण अफ्रिका जस्ता मुलुकले यो प्रस्ताव गरेका थिए। तर औषधि निर्माताहरुले भने यो छूटले उत्पादन नबढ्ने दाबी गरेका छन्।

आविष्कार भएको खोप उत्पादन गर्न सक्षम उत्पादकलाई स्वतन्त्र रुपमा उत्पादन गर्न दिएमा चाँडो खोप उत्पादन भएर सहज आपूर्ति हुने र यसले महामारी नियन्त्रणमा सहज हुने विश्व व्यापार संगठनको दाबी छ।