टेकु अस्पतालको चरम लापरबाहीले भागेको भुजेलको बयान - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

टेकु अस्पतालको चरम लापरबाहीले भागेको भुजेलको बयान



काठमाडौं- टेकु अस्पतालबाट भागेका भनिएका व्यक्ति धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेको पाइएको छ।

ती व्यक्तिले टेकु अस्पतालको चरम लापरबाहीले उनि त्यहाँबाट भागेक बयान दिएका छन् । न्यानो पारेर उपचार गर्नुपर्ने ठाउँमा अस्पतालका स्टाफहरूले झनै चिसो पारेको कारण उनि भागेको बताएका छन् ।

उनेले बयानमा अस्पतालका कर्मचारीको ब्यबहार नै शंकास्पद लागेर भागेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

दक्षिण कोरियाबाट फर्केका उनी कोरोनाभाइरसको आशंकामा बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। उनि एकाएक अस्पतालबाट भागेपछि ब्यापक हल्ला खल्ला मच्चिएको थियो ।

धरान–१० का भुजेल थरका ति व्यक्तिले टेकू अस्पतालमा घरी तातो घरी चिसोमा राखेर नर्सले तनाव दिएपछि भागेको बयान प्रहरीलाई दिएका छन् ।