'भ्रष्ट र बेइमानलाई नेता मान्नु सबैभन्दा ठुलो पिडा' - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

‘भ्रष्ट र बेइमानलाई नेता मान्नु सबैभन्दा ठुलो पिडा’



काठमाडौँ -पूर्व डिआइजी रमेश खरेल संयोजक रहेको नयाँ पार्टीको घोषणा कार्यक्रम चलिरहेको छ।

‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ कार्यक्रम काठमाडौँमा गर्न लागिएको हो ।

अभियान सञ्चालनका लागि केन्द्रीय तदर्थ कार्यकारी परिषद तयार भैसकेको छ । परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ छन्।

शुभारम्भ समारोहमा आफ्नो मन्तव्य राख्दै सिटौलाले भ्रष्टाचार निवारण गरेर सुशासन स्थापना गर्नु अभियानको मुख्य उदेश्य रहेको बताए ।

उनले भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु परेकोले मुलुक समृद्ध बन्न नसकेको बताए ।

‘भ्रष्ट, बेइमान र असक्षमहरुबाट शासित हुनु जस्तो पीडा अरु नहुँदो रहेछ, त्यसैले हामी ‘हाम्रो नेपाल सुशासन अभियान लिएका आएका छौँ’ उनले भने ।

कार्यक्रम काठमाडौंमा चलिरहेको छ र अन्य वक्ताहरू बोल्नेक्रम भने बाँकी छ।