भोलिदेखि टीकापुरमा नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी हुने - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

भोलिदेखि टीकापुरमा नेपाल जुनियर तथा युवा रेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी हुने



लोकेन्द्र रावल

टीकापुर :“जुनियर तथा युवा, दिगो विकासमा पु¥याउँछन् टेवा” भन्ने मूल नाराका साथ भोलि (शनिवार) देखि नेपाल जुनियर तथा युवारेडक्रसको ३८ औँ राष्ट्रिय गोष्ठी टीकापुरको कर्णाली मा.वि.मा सुरु हुने भएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएको हो ।

गोष्ठी दुई दिनसम्म चल्ने जनाएको छ । ‘म सेवा गर्छु’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उर्तान र स्वयंसेवकको
भावनामा थप उजागर बनाउन र समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा सहभागीहरू लाई अध्यावधिक गर्न, रेडक्रसले प्रदान गर्ने सेवाहरूलाई प्रभावकारी रूपमा लाभान्वित समूहसम्म पु¥याउन जुनियर/युवा रेडक्रस सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, जुनियर/युवा रेडक्रसको नीति तथा निर्देशिका एवं संगठानात्मक स्वरूपको साथै सम्पन्न गतिविधिहरूको सिकाइका बारेमा जानकारी प्रदान गरी विगत वर्षमा गरेका कामको समीक्षा र आगामी वर्षका लागि कार्यक्रमगत दिशानिर्देश गर्न ,भावी योजनाका सम्बन्धमा छलफल तथा विचार विमर्शद्वारा सुझाव सङ्कलन गर्ने र विभिन्न जिल्लाका सहभागीहरू तथा अन्तर्राष्ट्रिय डेलिगेटबीच अनुभव आदान प्रदान गर्ने र आपसी मित्रता लाई अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको युवा तथा जुनियर रेडक्रस नेपालका केन्द्रीय सभापति सपुत बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

गोष्ठीमा ७५ जिल्लाबाट जुनियर तथा युवा प्रतिनिधिहरू, शिक्षक नायक तथा केन्द्रीय पदाधिकारीहरू एवम्स मितिका सदस्य, दातृ निकाय का प्रतिनिधिहरू जिल्ला तथा संर्कलका प्रतिनिधिहरू, कर्मचारीहरूको समेत गरी करिब ३०० जनाको सहभागिता रहने जनाएको छ ।कार्णली मा.वि. व्यवस्थापन समितिका अध्यक्ष खड्ग शाहको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो भने सञ्चालन सोही विद्यालयका प्रधानाध्यापक धर्मरार्ज शर्माले गर्नुभएको थियो ।