भृकुटीमण्डपलाई क्वारेन्टाइन स्थल बनाउन भीमसेनदासको प्रस्ताव
काठमाडौं- नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंको भृकुटीमण्डपमा क्वारेन्टाइन बनाउन माग गरेका छन् ।
उनले काठमाडौं भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल, वीर अस्पतालको नयाँ भवन र सेनाको अस्पताल भवनलाई क्वारेन्टाइन स्थल बनाउन माग गरेका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोरोना भाइरस दिनदिनै बढिरहेको बताउँदै भृकुटीमण्डपमा १ सय जना अट्ने क्वारेन्टाइन बनाउन आग्रह गरे ।
उनले सीमा नाका सिल नभएको र मानिसहरु आइरहेकाले भोलिका दिनमा काठमाडौंमा भयावह हुन सक्ने भन्दै ती क्वारेन्टाइन काम लाग्ने बताएका हुन् ।