२५ हजार धरौटीमा छुटे भिम उपाध्याय
काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिइएको छ ।
उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको स्रेस्तेदार आननद श्रेष्ठले बताए ।
न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।
गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो