छुट्टै कार्यलय खोल्न भवन खोज्दै माधव नेपाल समुह - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

छुट्टै कार्यलय खोल्न भवन खोज्दै माधव नेपाल समुह



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएका छन्।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसंग दुरी बढ्दै गएपछि नेपाल समुहले छुट्टै कार्यलय खोल्ने भएको हो ।

नेपाल समूह छुट्टै कार्यालय खोल्नका लागि भवनको खोजी समेत सुरू गरिसकेका छन् ।

युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले आफूहरु कार्यालयका निम्ति भवनको खोजीमा रहेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपाल पक्षले समानान्तर पार्टी संरचना बनाउने निर्णय गरेको छ।