डा. भट्टराईले भने: लुटतन्त्र आयो, 'कालेकाले मिलेर खाउँ भाले' - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

डा. भट्टराईले भने: लुटतन्त्र आयो, ‘कालेकाले मिलेर खाउँ भाले’



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टराईले कालेकाले मिलेर खाउँ भाले भन्दै नेकपा सरकार तथा नेपाली काङ्ग्रेसलाई व्यंग्य गरेका छन् ।

डा. भट्टराईले विश्वविद्यालय लगायतका ठाउँमा सरकारले गर्ने नियुक्तिदेखि हस्तक्षेपलाई लिएर यस्तो व्यंग्य गरेका हुन् ।

उने सामाजिक संजाल ट्वीटरमा लेख्दै क्रोनि क्यापिटालिज्मको यो पनि एउटा उदाहरण भएको बताएका छन् ।

त्यतिमात्र होइन उनले यो लोकतन्त्र नभएर लुटतन्त्र भएको टिप्पणी समेत गरेका छन् । डा. भट्टराईले यस्ता क्षेत्रमा भागबण्डा नगरेर ऐन नै परिवर्तन गरेर स्वतन्त्र तरिकाले नियुक्ति गर्न माग समेत गरेका छन् ।

सरकारका गलत कामको ठाडो बिरोध गर्दै आइरहेका डा, भट्टराईले देशको दुरावस्था आउनुमा सरकारका यस्तै काम र रबैया मुख्य कारण रहेको बताएका छन् ।

यस्तो छ उनको ट्वीट

विश्वविद्यालय लगायत समाज/राज्यका सबै अंगमा व्याप्त“कालेकाले मिलेर खाउँ भाले” प्रवृत्ति नै अहिलेको देशको दुरावस्थाको प्रमुख कारण हो!यो लोकतन्त्र हैन लुटतन्त्र हो!क्रोनी क्यापिटालिज्म भनेको पनि यही हो!वि वि नेतृत्वमा भागबण्डा हैन ऐनमै सुधार गरेर स्वतन्त्र नियुक्तिप्रक्रिया लागू गर!