भारतको गोवामा खुल्ला भलिबल प्रतियोगिता हुँदै - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

भारतको गोवामा खुल्ला भलिबल प्रतियोगिता हुँदै



गोवा:अन्तर्राष्ट्रिय नेपाली समाज भारत गोवा प्रदेश समितिद्वारा  फागुन १७ गते खुल्ला  भलिबल प्रतियोगिता  हुने भएको छ ।

राम्रो खेल हाम्रो खेल भन्ने मुलनारा सहित  गर्न लागिएको भलिबल टुनामेन्टमा भिविन्न नगरबाट प्रवासी नेपाली भलिबल प्रतिभाहरू सहभागी हुने अपेक्षा गरिएको जानकारी खेलका व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र सेर्पालीले जानकारी गराए  ।

देश विकास गर्नको लागि खेल जगत् पनि एउटा महत्त्वपूर्ण पाटो भएकोले प्रवास गोवामा छरिएर रहेका खेल प्रतिभाहरुलाइ एकठाउमा जम्मागरी देश विकासमा सहभागी गराउनुपर्ने आफ्नो भनाइ रहेको जानकारी दिए । प्रतिस्पर्धाको युग अनुसार खेल जगत् पनि विश्वव्यापि रूपमा प्रतिस्पर्धामा छ । खेल जगतले  युवाहरूको लागि शारीरिक तथा मानसिक रूपमा महत्त्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ ।  यसै सन्दर्भमा छरिएर रहेका विभिन्न विध्याका प्रतिभाहरुलाइ एक साथ विकास गर्नकोलागि गत वर्ष जस्तै यो वर्ष पनि भलिबल खेलको जगेर्ना गर्ने लक्ष्य सहित  अन्तर्राष्ट्रिय नेपाली सामाज भारत अन्तरगत गोवा प्रदेशले होलीपुर्णिमाको अवसरमा गर्न लागेको बताएका छन् ।

 उक्त भलिबल प्रतियोगितामा प्रथम श्रेणी / द्रोश्रो श्रेनि / तृतीय श्रेणीनिय प्राप्त गर्ने प्रतिभालाई रु १५००० / १०००० / ५००० पुरस्कारका साथै सबै खेलाडीहरुलाइ  प्रमाणपतत्र पनि वितरण गरिने बताएका छन् ।