यस्तो छ राष्ट्रपति भण्डारीको तयारी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

यस्तो छ राष्ट्रपति भण्डारीको तयारी



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी अघि बढाइएको हो।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

राष्ट्रपति कार्यालयले भने पत्र प्राप्त हुनासाथ प्रक्रिया प्रारम्भ गरिने बताएको छ । पत्र प्राप्त भएपछि संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ ।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको थियो।