संसद बैठक बोलाउन राष्ट्रपति भण्डारीको आह्वान - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

संसद बैठक बोलाउन राष्ट्रपति भण्डारीको आह्वान



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजे बस्ने गरि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिशमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गराएका थिए। त्यसका विरुद्ध परेका रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको थियो। साथै, १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो।

सर्वोच्चको आदेश अनुसार सरकारले २३ फागुनमा प्रतिनिधि सभाको अधिवेशन आह्वानका लागि आजै राष्ट्रपतिलाई सिफारिश गरेको थियो।