बेपत्ता आयोगद्वारा के. आई. नेपालको सहकार्यमा एक दिने तालिम सम्पन्न - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

बेपत्ता आयोगद्वारा के. आई. नेपालको सहकार्यमा एक दिने तालिम सम्पन्न



काठमाडौं:बेपत्ता आयोगले के आई नेपालसँगको सहकार्यमा एक दिने तालिम सम्पन्न गरेको छ ।

तालिममा खास गरी द्वन्द्वका क्रममा वेपत्ता पारिएका नागरिकका आफन्तहरू बिशेषत महिला तथा बालबालिकाहरूसँग अन्तर्वार्ता लिने क्रममा कस्तो व्यवहार गर्ने र उनीहरूलाई कसरी सहयोग एवम् कानुनी प्रक्रियामा अगाडि बढ्न सहयोग गर्ने, प्रभावितले कसरी सहज न्याय पाउन सक्छन् भन्ने तालिम अमेरिकाबाट केआई नेपालको पहलमा आएका   विज्ञ एमी एलनले बेपत्ता आयोगका करिब २५  जना कर्मचारीलाई तालिम दिएको  जानकारी के आई नेपालका कार्यकारी निर्देशक इन्द्र राज भट्टराईले दिए  ।

आगामी दिनमा पीडित र प्रभावितहरूको पक्षमा काम गर्न वेपत्ता आयोग र के. आई. नेपालका बिच सहकार्य गरी अगाडि बढ्ने नेपाल सरकारका सचिव कृष्णजीवि घिमिरेले बताए  ।