‘बेसार’बारे फेरि बोले प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विश्वबजारमा बेसारको अभाव भएको बताएका छन्। संसारभर कोरोना महामारी फैलिएपछि बेसारको अभाव भएको उने बताएका हुन् ।
अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको प्रधानमन्त्री ओलीले बताए । ‘दुनियाँमा अहिले बेसार अभाव भएको छ, अमेरिकाले खोजेको छ, युरोपले खोजिरहेको छ, तर अभाव छ सबैतिर।’
प्रधानमन्त्री ओलीले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा भनेका छन्, ‘यो एउटा मसलाको रुपमा मात्र र स्वादका लागि मात्र सीमित रहेन।’
बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए।