बेपत्ता आठ जना बालिका भारत लागिएको आशंका - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बेपत्ता आठ जना बालिका भारत लागिएको आशंका



महोत्तरी- मंगलबार अपराह्न करिब ४ बजे घाँस काट्न गएका आठ जना बालिका र किशोरीहरु सम्पर्कविहीन भएका छन् । भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना १७ घण्टादेखि सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएका सबै १० वर्षदेखि १८ वर्ष उमेरका रहेका छन् । १० वर्षीया रञ्‍जना पासवान, सीमा पासवान, रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र नगिना पासवान सम्पर्कविहीन छन् ।

ती किशोरीहरूलाई भारत लगिएको आशंका सुरक्षा निकायले गरेको छ । तर यसको पुष्टि भने भैसकेको छैन । सिमा नजिकै भएकाले मानव तस्करहरूले सिमावर्ति भारतीय जिल्ला सितामढीको सुरशन लगेको हुनसक्ने आशंका गरिएको हो ।

उनीहरू राति ११ बजेसम्म पनि घर नफर्केको र अहिले नेपाल प्रहरी र स्थानीयको सहयोगमा सम्पर्कविहीन बालिका र किशोरीहरुको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँस काट्न गएका उनीहरू सम्पर्कविहीन भएका हुन् ।