बास्कोटाले किन गरे प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन पर्ने कुरा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

बास्कोटाले किन गरे प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन पर्ने कुरा



काठमाडौैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले लोकतन्त्रमा जनताले दिने म्यान्डेडको स्थान हुने बताएका छन् ।

मंलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको प्रतिक्रिया दिएका छन् ।

‘लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ । जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको हो । अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको हो’, उनले भनेका छन् ।

नेता बाँस्कोटाले राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टीको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर नगरिने बताए ।

‘कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो । समस्या अध्यादेशमा होइन, उनीहरुको दोषि चश्मामा छ’, उनले भनेका छन् ।