बारामा आजबाट घरको कम्पाउण्ड बाहिर निस्कन प्रतिबन्ध - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

बारामा आजबाट घरको कम्पाउण्ड बाहिर निस्कन प्रतिबन्ध



काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आजबाट निषेधाज्ञा लागू गरेको छ ।

प्रशासनले सोमबार बिहानबाट पूर्णरुपमा निधेज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उनले सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको बताए ।

जसअनुसार अत्यावश्यक कामका बाहेक कुनैपनि व्यक्तिहरु घर बाहिर निस्कन पाइने छैन् । प्रशासनले भारतसँग सीमाना जोडिएका जिल्लाहहरुका सीमामा भदौ मसान्तसम्म बन्द गरिएको जनाएको छ ।

अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलााासमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ ।